उच्च रक्तस्राव भएकी महिलाको उद्धार

हुम्ला– हुम्लाको चङ्खेली गाउँपालिकामा एक महिलालाई अति रक्तस्रावको पीडा भएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

सदरमुकाम सिमकोटदेखि तीन दिन टाढाको दूरीमा पर्ने चङ्खेली गाउँपालिका–५ वटा नेप्का गाउँकी रिउली तामाङलाई गत माघ २८ गतेका दिनमा तीन महीनाको बच्चा खसेको र नजीकैको स्वास्थ्य चौकीमा सामान्य उपचार भए पनि निरन्तर रक्तस्रावका कारण ज्यान जोखिममा परेकाले सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको सहायक प्रजिअ महेशकुमार पोखरेलले बताए ।

दुई महीनाअघि बच्चा खेर गएपछि उच्च रक्तस्राव भएकी महिलाको उद्धारका लागि सुर्खेतबाट गएको हेलिकप्टरले जिल्लाको चङ्खेली गाउँपालिका–५ पिप्लाङ्गबाट उद्धार गरिएको नेपाल पत्रकार महासङ्घ हुम्लाका अध्यक्ष अर्जुन बोहराले बताए ।
 तामाङलाई नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज भेरी अञ्चल अस्पताल लगिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?