वीर अस्पतालको पूर्वाधार विस्तार प्राथमिकतामा

काठमाडौँ– वीर अस्पतालको विस्तार सेवा भक्तपुरको दुवकोटमा सञ्चालन गर्न तत्काल प्रक्रिया अगाडि बढाइने भएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालका नवनियुक्त उपकुलपति प्राडा देवनारायाण शाह (डीएन) शाहले यो जानकारी दिएका हुन् ।
उपकुलपति शाहले भने, ‘पदाधिकारी नहुँदा रोकिएको वीर अस्पतालको विस्तारित कार्य अब अगाडि बढ्ने छ ।’’सात महिनाअघिदेखि पदाधिकारीविहीन बनेको न्याम्सले उपकुलपति लगायतका पदाधिकारी पाएसँगै प्रक्रिया अगाडि बढ्ने भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले न्याम्सको उपकुलपतिमा शुक्रबार राति प्राडा शाहलाई नियुक्त गरेका थिए ।  गोरखापत्र दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?