ललितपुरको विद्यालयमा रोबोटबाट पढाइ सुरु

ललितपुर–ललितपुरस्थित एक विद्यालयमा रोबोटबाट पढाउन थालिएको छ । प्रयागपोखरीस्थित यशोधरा बौद्ध माध्यमिक विद्यालयमा शुक्रबारबाट रोबोटमार्फत पढाउन थालिएको हो । जापानको केडिडिआई फाउन्डेसन, साझा शिक्षा इ–पाटी तथा ललितपुर महानगरपालिकाको पहलमा नयाँ प्रयोग सुरु भएको हो ।

साझा शिक्षा इ–पाटीका निर्देशक रवि कर्माचार्यका अनुसार रोबोट प्रविधिअन्तर्गत विद्यालयमा विद्यार्थीका सैद्धान्तिक ज्ञानका विषय कम्प्युटरमा प्रोग्रामिङ गरिएको हुन्छ । प्रोग्रामिङ गरिएको  विषयका आधारमा विद्यार्थीले रोबोटलाई निर्देश गर्छन् । त्यस्ता निर्देशन रोबोटले पालना गर्छ । जसबाट विद्यार्थीले सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक ढंगबाट सिक्छन् । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?