७८ लाख घुस प्रकरण, कलेज संचालक न्यौपाने फरार

 काठमाडौं – भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपाने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छलेर फरार भएका छन्। गत साता अख्तियारले अनुसन्धानको दायरमा रहेका तत्कालीन आयुक्त राजनारायण पाठकसहितका आरोपित विदेश भाग्न सक्ने आशंकामा अध्यागमन विभाग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीलाई सतर्कता अपनाउन निर्देशन दिएको थियो।

कलेजको स्वामित्व विवाद मिलाइदिने भन्दै अख्तियारका तत्कालीन आयुक्त पाठकलाई बुझाएको ७८ लाख घुस प्रकरणमा न्यौपानेमाथि अनुसन्धान भइरहेको थियो। घुस प्रकरणमै अख्तियारले बिचौलिया ज्ञानेन्द्र झा र आयुक्त पाठकका भाइसमेत रहेका पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ विभागका डिन शुभनारायण पाठकसँग बयान लिइसकेको छ। दुवैजनाको बयान सकेर अख्तियारले न्यौपानेसँग बयान लिन थालेको गरेको थियो। तर अख्तियारले दोस्रोपटक बयानका लागि बोलाउँदा न्यौपाने नआएपछि उनी नेपाल छाडेर भागेको रहस्य खुलेको हो। नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?