नेप्सेद्वारा चार कम्पनीको शेयर सूचीकरण

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’द्वारा विभिन्न चार कम्पनीका शेयर सूचीकृत भएका छन् ।

सूचीकृत भएका कम्पनीहरुमा सिद्धार्थ बैंक, सानिमा बैंक, आशा लघुवित्त, र जेबिल्स फाइनान्सले गत साता शेयर सूचीकरण गराएका हुन्।

यसरी सूचीकरण भएमध्ये सिद्धार्थ बैंकको सिद्धार्थ डिवेञ्चर २०८२ को २१ लाख ६२ हजार ५ सय ५९ कित्ता साधारण शेयर सूचीकृत भएको छ । त्यस्तै सानिमा बैंक डिवेञ्चर २०८५ को १३ लाख ५४ हजार ७ सय १२ कित्ता साधारण शेयर रहेको छ ।

आशा लघुवित्त वित्तीय संस्थाका २० लाख ७४ हजार कित्ता शेयर र जेबिल्स फाइनान्सका १९ लाख ७० हजार ६ सय ९४ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?