साताको शेयर बजार नेप्सेमा २७.६९ अंकले वृद्धि

काठमाडौं । शेयर बजार परिसूचकमा गत साता नेप्से २७ दशमदब ६९ अंकले वृद्धि भएको छ । 

पहिलो कारोबार दिन आइतवार ११२७ दशमलव ७७ बिन्दुमा खुलेको बजार परिसूचक अन्तिम कारोबार दिन बिहीवार ११५५ दशमलव ४६ बिन्दुमा बन्द भएको हो । 

धितोपत्र बजारमा गत साता १ सय ८८ कम्पनीको ६४ लाख ८५ हजार ८८ कित्ता शेयर अर्थात एक अर्ब ९५ करोड ६० लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएका छन्।

अघिल्लो साता १ सय ८७ कम्पनीका ३६ लाख एक हजार कित्ता शेयर ९७ करोड ९१ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएको थियो । समीक्षा अवधिमा शेयर कारोबारमा ९७ करोड ६९ लाख रुपैयाँले सुधार आएको हो ।

नेप्सेका अनुसार साताको पहिलो दिन स्टकको प्रणालीमा समस्या आउँदा कारोबार अवधिभर शेयर कारोबार हुन सकेन।

साताको पहिलो दिन मात्रै बजार ० दशमलब ९४ बिन्दुले सुधार आएको थियो। छोटो समयमात्रै कारोबार हुँदा १ सय ४० कम्पनीका तीन लाख २२ हजार २४२ कित्ता शेयर नौ करोड ३८ लाख रुपैयाँ बराबरमा कारोबार भएको थियो।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?