फेसबुक प्रयोगकर्तालाई आफ्नो फेसबुक डिलिट गर्न ह्वाट्सएप संस्थापकको अपिल

एजेन्सी । फेसबुक प्रयोगकर्ताहरुलाई आफ्नो फेसबुक अकाउण्ट डिलिट गर्न मेसेजिङ्ग एप ह्वाट्सएपले अपिल गरेको छ । 

फेसबुक स्वामित्वको लोकप्रिय मेसेजिङ्ग एप ह्वाट्सएपका सह–सस्थापक ब्रायन ऐक्टनले फेसबुक प्रयोगकर्तालाई यस्तो अपिल गरेका हुन् । 

यो समयमा ह्वाट्सएपको प्रतिस्पर्धीहरु धेरै रहेको भन्दै हालै विद्यार्थीहरुसँग कुराकानी गर्दै उनले आफ्नो फेसबुक अकाउण्ट डिलिट गर्नुपर्ने बताएका हुन् । 

फेसबुकका सीईओ मार्क जुकरबर्गमाथि गम्भीर आरोप लगउँदै सिग्नलको नेतृत्व गरेका ऐक्टनले फाइदाका लागि फेसबुकमा विज्ञापनलाई बढावा दिइरहेको र प्रयोगकर्ताको गोपनीयताको सौदाबाजी गरेको आरोप लगाएको छ ।

फेसबुक प्रयोगकर्ताहरुलाई फेसबुक बहिष्कार गर्न अनुरोध गर्दै उनले आफ्ना डिभाइसबाट फेसबुक र यससँग सम्बन्धित एपहरु समेत डिलिट गर्न आग्रह गरेका छन् । 

विद्यार्थीहरुको एक भेलालाई सम्बोधन गर्दै ऐक्टनले गुगल तथा फेसबुक जस्ता ठूला कम्पनीहरुमाथि धावा बोल्दै उनीहरुले पैसा कमाउनका लागि प्रयोगकर्ताका डाटाहरु बेचिरहेको आरोप समेत लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?