युवा तथा खेलकुद विकासको एक वर्ष: यस्तो छ मन्त्रालयले पेश गरेको एक वर्षको उपलब्धी

काठमाडौँ  । युवा तथा खेलकुद मन्त्रालयले एक वर्षको उपलब्धी सार्वजनिक गरेको छ । 

सार्वजनिक विवरणमा युवाको क्षमता, नेतृत्व विकास, रोजगारी, स्वरोजगारी र उद्यमशीलता कार्यक्रम सञ्चालन गरी युवाको विकास र परिचालनमा उपलब्धीहरु हासिल भएको जानकारी दिइयो । 

युवा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्य प्रगति विवरण सार्वजनिक गर्दै युवा तथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माले युवाको क्षमताको विकासको लागि ९ सय ६४ जना युवालाई सीप तथा उद्यमशीलता विकास तालिम, १ सय २४ जना युवालाई लोपोन्मुख परमपरागत सीप तालिम, ३ सय ०९ जना युवा उद्यमीलाई उद्यमशीलता र वित्तिय साक्षरताको अभिवृद्धीसम्बन्धी तालिम तथा ५ हजार ७ जना युवालाई विभिन्न विषयमा परामर्श सेवा प्रदान गर्दै आएको विवरण सुनाए ।  

यसका साथै युवा सशक्तीकरणका लागि युवा उपयोगी सामग्री उत्पादन गरी रेडियो तथा टेलिभिजनमार्फत प्रसारण गरी युवामा सोच तथा सचेतना जगाउने प्रयास गरिएको मन्त्रालयले जनाएको छ । 

मन्त्री विश्वकर्माले युवालाई परामर्श दिई समाजमा रहेका विविध विकृति एवम् युवा जनशक्ति परिचालन गरि सभ्य समाज निर्माणको प्रयास भएको जानकारी दिए । उनले नेपाल स्काउट संगठन विस्तार एवम् क्षमता अभिवृद्धि गर्दै स्काउटहरुलाई  विपद् व्यवस्थापन र स्वयंसेवी कार्यमा परिचालन गरिएको बताए । 

“४७ जिल्लाका स्वदेशी स्काउट र ६ देशका विदेशी  स्काउटहरु गरि तेस्रो  राष्ट्रिय ज्याम्बोरीमा  ५ हजार ५ सय ६५ जनाको सहभागिता छ ।” 

मुलुकको  आर्थिक समृद्धिमा युवाको सहभागिता बढाउन ६ सय ३३ वटा संस्थाहरुसंग कर्जा लगानी सम्झौता गरिएकोमा २ अर्व ०९ करोड ६९ लाख ४० हजार कर्जा लगानी भई १७ सय ८८ जना स्वरोजगार भएको विवरणमा छ ।  

मुलुकको  आर्थिक समृद्धिमा युवाको सहभागिता बढाउन ६ सय ३३ वटा संस्थाहरुसंग कर्जा लगानी सम्झौता गरिएकोमा २ अर्व ०९ करोड ६९ लाख ४० हजार कर्जा लगानी भई १७ सय ८८ जना स्वरोजगार भएको विवरणमा छ ।  

यसका साथै, ४ सय ५४ जनालाई स्काउटलाई विपद तालिम , विभिन्न पर्वहरुमा देशभर १७ हजार १ सय १४ जना स्काउट स्वयंसेवकको रुपमा परिचालन, १० जना युवा प्रतिभा सम्मान १ लाख दरले नगद पुरस्कार, युवा क्षेत्रमा कार्यरत ४ जना पत्रकारलाइ ५० हजार दरले पुरस्कार मन्त्रालयले प्रदान गरेको छ । 

देशभरका  ९१ वटा स्थानिय तहका १ हजार २ सय २३ वडाहरुमा युवाक्लब गठन, ४ सय ४ जना अपाङ्ग युवालाई सहयोगको सामाग्री वितरण, ६सय ८ जना युवालाई पुर्नस्थापना, उपचार तथा सामाजिकीरण र परिवारीक पुनर्मिलनको लागि सहयोग, तराईका ११ जिल्लाका १८ वटा महिला उद्यम समूहमा आवद्ध रहेका ३ सय ६० जना युवा महिलाहरुलाई राष्ट्रपति युवा महिला उद्यम कार्यक्रम अन्तर्गत प्रति समूह ५ लाख दरले निब्र्याजी ऋण प्रदान गरेको मन्त्रालयले जानकारी दिएको छ । 

त्यसैगरि, राष्ट्रिय युवा परिषद् ऐन २०७२ लाई संशोधान गर्न बनेको विधेयक स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेश भएको र युवा तथा साना व्यवसायी स्वरोजगार कोष सम्बन्धमा व्यवस्था गर्नका लागि नयाँ विधेयक सौद्धान्तिक सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको समेत मन्त्री विश्वकर्माले जानकारी दिए । 

स्थानीय सरकार संचालन ऐन २०७४ मा युवा विकास सम्बन्धी विषय समावेश गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पठाइएको छ । 

मन्त्री विश्वकर्माले आफ्नो एक वर्षको कार्यकाल सफल भएको दावी गर्दै मन्त्रीमण्डल पुर्नगठन गर्ने विषयमा आफूले पनि हल्ला सुनेको भन्दै भने, हल्लालाई हल्लामै रहन दिऔँ ।”

युवा तथा खेलकुद मन्त्रालयले पाएको सबै जिम्मेवारी सम्पन्न गर्न तिव्र योजना र प्रतिबद्ध रहेको मन्त्री विश्वकर्माको भनाई छ ।  


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?