सीके राउतको राष्ट्रिय परिषद् बैठक लाहानमा शुरु, बैठकमा प्रवेश गर्न नागरिकता अनिवार्य

काठमाडौं । सरकारसँग ११ बुँदे सहमति गरेको तीन दिनपछि प्रदेश २ को राजधानी जनकपुरधाम पुगेका सीके राउतको ‘स्वतन्त्र मधेश गठबन्धन’को राष्ट्रिय परिषद् बैठक लाहानमा शुरु भएको छ । 

‘सयौँ थुंगा फूलका हामी, एउटै माला नेपाली’ बोलको राष्ट्रिय गान गाएसँगै सिरहाको लहानमा आइतवार दिउँसोबाट सीके राउत समूहको राष्ट्रिय परिषद् बैठक शुरु भएको हो । 

दुई दिनसम्म चल्ने परिषद बैठकमा सरकारसँग भएको ११ बुँदे सहमति र आगामी रणनीतिका बारे छलफल हुने परिषद् सदस्य विष्णु चौधरीले जानकारी दिए । गठबन्धनका संयोजक सीके राउतले सामाजिक सञ्जालमार्फत लहानमा परिषद बस्ने उल्लेख गरेका थिए । बैठकमा

गठबन्धनको केन्द्रीय तदर्थ समितिसहित तराईका सबै जिल्लाका जिल्ला संगठन संयोजकलगायतका नेताहरुको उपस्थिति हुने छ ।

गत फागुन २४ गते सरकारले सीके राउतसँग ११ बुँदे सहमति गरेको थियो । 

आज शुरु हुने परिषद बैठकमाम ररकारसँगको सहमतिबारे जानकारी दिँदै राउतले आगामी राजनीतिक रणनीतिसहितको एजेण्डा प्रस्तुत गर्ने तयारी रहेको चौधरीले बताए । 

यसैगरी बैठकमा सहभागी हुनेहरुसँग नेपाली नागरिकर्ता अनिवार्य हुनुपर्ने छ ।

नेपाली नागरिकता प्रमाणपत्र देखाएपछि मात्रै बैठक हलमा प्रवेश गराइएको स्रोतले जानकारी दिए । 

यसअघि बैठक यही चैत ४ र ५ गते बस्ने भनिएको थियो । 
  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?