नेपाल एकदिवसीय क्रिकेटको वरियतामा १५ औँ स्थानमा यथावत

काठमाडौं । नेपाल ‘आइसीसी’को एकदिवसीय क्रिकेटको वरियतामा यथावत रहेको छ । 

अन्तर्र्राष्ट्रिय क्रिकेट परिषद् ‘आइसीसी’ले आइवार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १५ औँ स्थानमा यथावत रहेको छ । नेपालले कुल १ सय ५२ अंक पाएको छ । गत महिनादेखि ‘आइसीसी’को वरियतामा परेको नेपालले टी-ट्वान्टी वरियताको भने १४ औँ स्थानमा रहेको छ ।

एकदिवसीय मान्यता पाएको नेपालले गत महिना मात्र संयुक्त अरब इमिरेट्स ‘युएई’सँग तीन एकदिवसीय खेल खेलेको थियो । उक्त सिरिज नेपालले २-१ ले जितेको थियो । 

नयाँ वरियताको शीर्ष स्थानमा भने इंग्ल्यान्ड रहेको छ । त्यस्तै दोस्रो स्थानमा भारत र तेस्रो स्थानमा न्युजिल्याण्ड रहेका छन्  । चौथोमा दक्षिण अफ्रीका र पाँचौमा अष्ट्रेलिया रहेका छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?