अख्तियारमा कार्यरत प्रहरी हाकिमविरुद्ध मुद्दा दायर

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतमा कार्यरत प्रहरी सहायक निरीक्षक जन्म अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।
आयोगमा अनुसन्धान भै रहेको मुद्दा तामेलीमा राखीदिने भन्दै विभिन्न वहाना बनाई सेवाग्राहीसँग उनले १ लाख घुस लिएको पाइएपछि पक्राउ परेका थिए ।

उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २१ बमोजिमको कसुर अपराध गरेको स९प्रमाण पुष्टि हुन आएको हुँदा उनीविरुछ विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?