शीर्ष नेतृत्वको दाउपेचले एकीकरण लम्बियो

काठमाडौं–अध्यक्ष र सचिवहरूको सूची टुंग्याएर जिल्ला एकीकरणलाई पूर्णता दिने तयारी अन्ततः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरूको दाउपेचले रोकिएको छ । अघिल्लो शनिबारभित्रै जिल्ला कमिटीको सूची सार्वजनिक गर्ने समझदारीसहित छलफल चले पनि नेताहरूको दाउपेचले रोकिएको हो ।

अध्यक्ष केपी ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समेत सहमतिमा सचिवालय बैठकबाट सूची अनुमोदन गर्ने योजनामा थिए । तर, वरिष्ठ नेता माधवकुमार नेपालको सहमतिविना सूची विवादमा पर्ने भन्दै ओलीको प्रस्तावलाई अस्वीकार गर्दै आएका प्रचण्ड पत्नी सीताको उपचारको सिलसिलामा आइतबार अमेरिका प्रस्थान गरेका छन् । यो खबर नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?