विमान दुर्घटना : पीडितका आफन्तलाई अन्तिम संस्कारका लागि एक–एक किलो डढेको माटो

गत आइतबार इथियोपियामा विमान दुर्घटनामा मारिएका व्यक्तिका आफन्तलाई दुर्घटनास्थलको माटो दिइने भएको छ । इथियोपियन एयरलाइन्सको बोइङ ७३७ म्याक्स विमान दुर्घटनामा मारिएका १५७ जनाका आफन्तलाई अन्तिम संस्कारका लागि दुर्घटनाग्रस्त क्षेत्रबाट संकलन गरिएको डढेको माटो दिइने भएको हो ।

राजधानी अदिस अबाबाबाट केन्याको नैरोबीका लागि उडेको सो विमान उडेको केही मिनेटमा नै दुर्घटनाग्रस्त भएको थियो । सो विमानको इन्जिनमा प्राविधिक समस्या भएको हुन सक्ने विज्ञहरूले बताउँदै आएका छन् । विमान दुर्घटनामा नेपाललगायत ३५ देशका नागरिक मारिएका थिए ।

सो दुर्घटनापछि बोइङ ७३७ म्याक्स मोडलका विमान उड्न संसारभर प्रतिबन्ध लगाइएको छ । यसअघि गत अक्टोबरमा लायन एयरलाइन्सको सोही मोडलको विमान इन्डोनेसियाको जाभा प्रान्तमा खस्दा विमानमा सवार सबै १८९ जनाको मृत्यु भएको थियो । दुवै दुर्घटनाग्रस्त विमानमा एउटै प्राविधिक समस्या भएको हुन सक्ने विज्ञहरूले बताएका छन् । नयाँ पत्रिकामा खबर छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?