आठौँ राष्ट्रिय खेलकुद प्रदेश १ छनोट : पौडी खेलाडी छनोट

काठमाडौं । आठौँ राष्ट्रिय खेलकुदका लागि प्रदेश १ बाट खेलाडी छनोट भएका छन् । 

१२ पुरुष र ३ महिला गरी १५ खेलाडी छनोट भएको पौडीका मुख्य प्रशिक्षक शंकर कार्कीले जनाएका छन् ।

पुरुषमा मोरङका सत्कार ढकाल, हर्ष ढकाल, कालुराम माझी, सार्थक श्रेष्ठ र अजय सोरेन, संखुवासभाका इशान बस्नेत, विकास कुमाल र विकेश कुमाल, उदयपुरका निमाङ तामाङ र सपल दाहाल, तेह्रथुमका जीवन कार्की तथा सुनसरीका दिवस शर्मा छनोट भए । 

महिलामा मोरङकी अनुष्का पोखरेल, ओखलढुङगाकी सुदीक्षा दाहाल र झापाकी प्रशंसा रिजाल छन् । प्रतियोगिता सुनसरीको इटहरीमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?