ला लिगा फुटबल : उपाधि होडमा रहेको बार्सिलोनाको सहज जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबल प्रतियोगिता अन्तर्गत लिगको शिर्ष स्थानमा रहेको बार्सिलोनाले सहज जित हात पारेको छ । 

आइतवार राति सम्पन्न भएको २८ औँ चरणको खेलमा उपाधि होडमा रहेको बार्सिलोनाले लिगको आठौँ स्थानमा रहेको रियल बेटिसलाई ४-१ गोल अन्तरले पराजित ग-र्यो ।

बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरेका थिए । उनले खेलको १८ औँ, पहिलो हाफ सकिनै लाग्दा र ८५ औँ मिनेटमा तीन गोल गरेका थिए । जारी लिगमा मेस्सीले गरेको यो ३३ औँ ह्याट्रिक हो । 

बाँकी एक गोल भने खेलको ६३ औँ मिनेटमा लुइस स्वारेजले गरेका थिए । 

यता रियल बेटिसका लागि मोरोनले खेलको ८२ औँ मिनेटमा एक मात्र गोल फर्काएका थिए । जितपछि बार्सिलोनाले ६६ अंक बनाएको छ । रियल बेटिसको ३९ अंक छ । 

त्यस्तै आइवार राति नै भएको अर्को खेलमा सेभिल्लाले इस्पानियोललाई १-० गोल अन्तरले, भिल्लारियलले रायो भाल्लेकानोलाई ३-१ गोल अन्तरले तथा रियल भाल्लाडोलिटले इबोरलाई २-१ गोल अन्तरले पराजित ग-र्यो ।

यता भ्यालेन्सिया र गेटाफेबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?