इंग्लिस प्रिमियर लिग : लिभरपुल लिगको पुनः शिर्ष स्थानमा उक्लियो, चेल्सी पराजित

एजेन्सी । लिभरपुल जारी इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताको पुनः शिर्ष स्थानमा उक्लिएको छ । 

आइतवार राति सम्पन्न भएको ३१ औँ चरणको खेलमा लिभरपुलले रेलिगेसन जोनमा रहेको फुलह्यामलाई २-१ गोल अन्तरले पराजित गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ । खेलको २६ औँ मिनेटमा साडियो मानेले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

खेलको पहिलो हाफसम्म १-० गोलले पछाडि रहेको फुलह्यामका लागि ७४ औँ मिनेटमा रायन बाबेलले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए । त्यस्तै ८१ औँ मिनेटमा लिभरपुलले पेनाल्टी हान्ने अवसर पायो ।

सो अवसरलाई सदुपयोग गर्दै जेम्स मिल्नरले गोल गरे । त्यसपछि खेलमा थप गोल भएन र खेल लिभरपुलले २-१ गोल अन्तरले जित्यो । जितपछि लिभरपुलले ७६ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको ७४ अंक छ । ६१ अंकका साथ टोट्नह्याम तेस्रो स्थानमा छ । 

त्यस्तै आइतवार राति नै भएको अर्को खेलमा लिगको छैटो स्थानमा रहेको चेल्सी ११ औँ स्थानमा रहेको इभर्टनसँग २-० गोल अन्तरले पराजित भएको छ ।

इभर्टनको जितमा खेलको ४९ औँ मिनेटमा रिचार्लीसनले तथा ७२ औँ मिनेटमा सिगुर्डसनले समान एक-एक गोल गरेका थिए । जितपछि इभर्टनको ४० अंक छ । चेल्सीको भने ५७ अंक छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?