दुवै सदनको बैठक आज बस्दै, प्रधानमन्त्रीले द्रुततर निर्माण विधेयक प्रस्तुत गर्दै

काठमाडौं । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दैछ । 

सोमवार दिउँसो नयाँबानेश्वरस्थित संघीय संसद भवनमा दुवै सदनको बैठक बस्न लागेको हो । 

दिउँसो १ बजे बस्ने राष्ट्रियसभा बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयकबारे छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । 

साथै अर्थ मन्त्रि खतिवडाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘लेखा परीक्षण विधेयक, २०७५ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने संघीय संसदको महासचिव मनोहप्रसाद भट्टराईले जानकारी दिए । 

यसैगरी कृषि तथा पशुपन्छि विकास मन्त्री चक्रपाणी खनालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जीवनाशक विषादी व्यवस्थापन विधेयकमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसदको महासचिव भट्टराइले जानकारी दिएका छन् । 

यसैबीच आजै दिउँसो २ बजे प्रतिनिधिसभा बैठक बस्दैछ । बैठकमा उद्योथ तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सभापति सबमmप्रसाद श्रीवास्तवले ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयकसम्बन्धी समितिको प्रतिवेदन ०७५’ पेश गर्ने छन् । 

साथै व्यवस्थापन कार्य अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रततर निर्माण तथा विकाससम्बन्धी विधेयक प्रस्तुत गर्ने छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?