डोमिनिक थिमलाई इन्डियन वेल्स टेनिसको उपाधि

एजेन्सी । अस्ट्रियाका डोमिनिक थिमले इन्डियन वेल्स टेनिस च्याम्पियनसिपको उपाधि जितेका छन् । 

आइतवार राति सम्पन्न भएको पुरुष एकलतर्फको फाइनल खेलमा थिमले स्विटरजरल्याण्डका रोजर फेडेररलाई २-१ को निक्कै प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेका हुन् ।

खेलको पहिलो सेट ६-३ ले जितेका फेडररले त्यसपछिका बाँकी दुई सेट गुमाएका थिए । थिमले दोस्रो सेट ६-३ र ७-५ को सेटमा पराजित गरे । २४ वर्षका ग्राण्डस्लाम विजेता फेडेररलाई हराउँदै थिमले आफ्नो खेल जीवनमा पहिलो पटक उपाधि जितेका छन् ।

उनले एक हजार मास्टर्स च्याम्पियनसिप खेल्दै पहिलो पटक उपाधि हात पारेका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?