लिग वान फुटबलमा पीएसजी विजयी

एजेन्सी । फ्रान्सेली लिग वान फुटबल अन्तर्गत उपाधि दौडमा रहेको पेरिस सेन्ट जर्मेन ‘पीएसजी’ विजयी भएको छ । 

आइतवार राति सम्पन्न भएको खेलमा ‘पीएसजी’ले लिगको चौथो स्थानमा रहेको मार्सेलीलाई ३-१ गोल अन्तरले पराजित ग-यो । पीएसजीका लागि एन्जल डी मारियाले दुई गोल गरे । उनले खेलको ५५ औँ र ६६ औँ मिनेटमा दुई गोल गरेका थिए ।

पहिलो हाफ सकिनै लाग्दा केलियन एमबाप्पेले गोल गरे । यता मार्सेलीका लागि भलारे जेर्मेनले एक मात्र गोल फर्काएका थिए । जितपछि पीएसजीले जारी लिगमा २० अंकको अग्रता लिएको छ । पीएसजीको ७७ अंक छ ।

दोस्रो स्थानमा रहेको लिलीको ५७ अंक छ । मार्सेली ४७ अंकका साथ लिगको चौथो स्थानमा छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?