६ सय २६ वटा मध्ये ३३ वटा मात्रै हातहतियार नविकरण

बर्दिया । बर्दियामा रहेका ६ सय २६ वटा हातहतियारमध्ये गएको आर्थिक वर्षदेखी ३३ वटा मात्रै हातहतियार नविकरण भएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी अर्जुन सुवेदिका अनुसार व्यक्तिगत रुपमा प्रयोग गरिएका ती हातहतियार नविकरण नभएका कारण प्रशासन पनि तनावमा परेको छ । 

जिल्लामा रहेका राजनितिक दलका नेता , व्यापारी , निर्माण व्यवसायी लगायत अन्य संग गरी ६ सय २६ वटा हातहतियार रहेको छ । जसमध्ये २२ वोरको राइफल ३१ वटा मध्ये १३ वटाको मात्रै नविकरण भएको छ यसै गरी १२ वोरको बन्दुक १ सय ७२ वटा मध्ये २७ वटा मात्रै नविकरण भएको छ । भरुवा एक नाले र दुई नाले ४ सय ३० वटा मध्ये एउटा पनि नविकरण भएको छैन । ५ सय बोर एक नाले बन्दुक एउटा रहेको छ जसको पनि नविकरण भएको छैन, एयरगन २ वटा रहेको नविकरण नभएको छ । दुई वटा ६ फाइरे पेस्तोल मध्ये कुनै पनि नविकरण भएको छैन यसै गरी ३२ बोर राइफल १ थान रहेको छ जसको पनि नविकरण भएको छैन । एउटा ३ सय ५१ वोर एकनाले, एउटा ३ सय ७५ वोर राइफल, ३०÷३० वोर राइफल एक थान, ५सय  वोर २ नाले बन्दुक ५ थान पनि नविकरण भएका छैनन । 

यसैगरी ३ सय ३८ वोर १ नाले राइफल थान एक, ३ सय १५ वोर राइफल थान एक, ३२ बोर पेस्तोल थान २, ३२ वोर ८ पेस्तोल थान दुई, ४ सय ५० वोर राइफल थान एक, ४ सय १ वोर एक नाले थान एक, ५ सय १५ वोर राइफल थान एक, २५ वोर पेस्तोल थान दुई र २ सय ५० वोर राइफल थान एक नविकरण नभएका हुन ।

साथै जिल्लामा नविकरण नभएतापनि अन्य जिल्ला बाट गर्न सकिने व्यवस्था भएपनि नविकरण भए नभएको रिपोर्ट नआएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । यसै विच जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना प्रकाशित गरी कानुन बमोजिम लिनुपर्ने इजाजत नलिई वा इजाजत पत्र नविकरण नगराई वा इजाजत प्राप्त व्यक्तिको मृत्यु पश्चात हकवालाको नाममा नामसारी नगराई वा अन्य जुनसकै तरिकाले हातहतियार खरखजाना राखेको भए सुचना प्रकाशित मितिले ३५ दिन भित्र प्रहरीलाई बुझाउन वा नविकरण गर्न भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?