अछाममा  सेञ्चुरी कमर्सियल बैंकको नयाँ शाखा सञ्चालनमा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले अछाम जिल्लामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

चौरपाटी गाउँपालिकामा शाखा खोलेको  शाखा कार्यालयको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरा तथा बैंकका संचालक समितिका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरेका छन्। 

बैंकको काठमाडौं उपत्यकामा १३ शाखा र ६ वटा एक्स्टेन्सन काउन्टर तथा उपत्यका बाहिर ९८ शाखा र २ वटा एक्स्टेन्सन काउन्टर छन्। 

 १३ वटा शाखारहित बैंकिङ गरी जम्मा १३२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?