गुराँसै फुल्यो वनैमा…(फोटोफिचर)

‘म त लाली गुराँस भएछु

वनैभरी फुलीदिन्छु, मनैभरी फुलिदिन्छु’

स्वर सम्राट नारायण गोपालको आवजमा रहेको यो गीतले गुराँसको सौन्दर्यको वर्णनले भरिएको छ । आज पनि लालीगुँराससँग साक्षात्कार गर्न यो गित गाईन्छ । 

लालीगुँरासको सौन्दर्यको वर्णनमा धेरै गीत, कविता, गजल, किताव र कृतिहरु पनि प्रकाशित भएका छन् । 

वसन्त ऋतुसँगै विभिन्न ठाउँमा लाली गुँरास फुलेर वन रङ्ग्याउने गर्छ । राताम्मे हुने गरी वनैभरि ढकमक्क लालीगुँरास फुल्छन् । त्यसैमाथि चराचुरुंगीको चिरबिर आवाज । कम्ति मनमोहक लाग्दैन । 

साँच्चै, यतिबेला जंगलहरु रताम्ये हुनेगरी फुलेका छन्, लालीगुँरास । जसले मानिसहरुलाई मोहित पारिरहेको छ । उच्च पहाडि क्षेत्रमा फुल्ने गुराँस यतिबेला शिवपुरीमा पनि फुलेर डाँडै रातै भएको छ ।

शिवपुरी राष्ट्रिय निकुञ्जबाट सरोज सिंखडाले कैद गरेका केहि तस्वीरहरु: 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?