सुनको भाउ निरन्तर घट्दो

काठमाडौं । केही दियता नेपाली बजारमा सुनको भाउ निरन्तर घट्न थालेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुनको भाउ तोलमा ५९ हजार ८ सयमा कारोबार भइरहेको छ । आइतवार सुनको भाउ तोलमा ६० हजारमा कारोबार भएको थियो । 

यस्तै आज तेजावी सुन तोलमा ५९ हजार ५ सयमा कारोबार भइरहेको छ । 

चाँदी भने आज तोलमा ७ सय ३० रहेको महासंघले जनाएको छ । महासंघका अनुसार यसअघि आइतबा चाँदी तोलमा ७ सय ३५ मा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?