प्रतिनिधिसभा बैठक चल्न नदिने राजपाको अडान कायमै

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सोमवार पनि प्रतिनिधिसभाको बैठक चल्न नदिने बताएको छ । 

टीकापुर घटनाबारे सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित आयोगको प्रतिवेदन सार्वजनिक नभएसम्म संसद चल्न नदिने राजपाको अडान छ ।

सभामुख कृष्णबहादुर महराले बारम्बार रुलिङ गर्दा समेत सरकारले प्रतिवेदन सार्वजनिक नगरेपछि बाध्य भएर सदन आन्दोलन थालेको राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले बताए । 

सरकारले संसदको रुलिङ नमान्नु दुर्भाग्यपूर्ण रहेको भन्दै नेता यादवले लाल प्रतिवेदन सार्वजनिक नभएसम्म सदनको कामकारवाही अगाडि बढ्न नसक्ने दोहोर्याएका छन् । लाल आयोगको प्रतिवेदन सार्वजनिक नहुँदा राजपा सांसद रेशम चौधरीलाई टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको सजाय भएको राजपाको बुझाइ छ । 

राजपाको अवरोधका कारण हिजो (आइतवार)को बैठक आज दिउँसो २ बजेका लागि सारिएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?