माथिल्लो तामाकोशी आयोजनाको निर्माण काम ९८ प्रतिशत सकियो

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण काम लगभग सकिएको छ । 

सरकारको सार्थक प्रयासपछि यो जलविद्युत आयोजनाको भौतिक प्रगतिमा गुणात्मक प्रगति देखिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले माथिल्लो तामाकोशीको भौतिक प्रगति करिब ९८ प्रतिशत भएको जानकारी दिएको हो । 

जलविद्युत आयोजनाका दुई ठाडो सुरुङ निर्माणका लागि अष्ट्रियाको एन्ड्रिज हाइड्रो र भारतीय कम्पनी टेक्सम्याकोले मिलेर काम गरेका थिए । हाल ठाडो सुरुङ्गमा स्टिलको पातासहितको पाइप राख्ने काम धमाधम भइरहेको छ ।  

आगामी कात्तिक मसान्तसम्म आयोजनाको निर्माण काम सक्ने बताइएको छ ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?