एनएमबि बैंकले निष्काशन गरेको ऋणपत्र लम्बिने

काठमाडौं । एनएमबि बैंकले निष्काशन गरेको ऋणपत्र लम्बिन सक्ने जनाएको छ । 
 
बैंकले फागुन ३० गतेदेखि निष्काशन गरेको ऋणपत्रमा छिटोमा चैत ४ गते बन्द हुने समयावधि रहेको थियो । तर, आवश्यक आवेदन नपर्दा  ऋणपत्रको समय लम्बिन सक्ने जनाएको हो । 

उक्त बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार सर्वसाधारणका लागि बैंकले ११ लाख ४० हजार कित्तामा आवेदन मागेकोमा १० हजार कित्ता ऋणपत्रका मात्र बिक्री भएको हो । 

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ दरको कुल ३० लाख रुपैयाँ बिक्री खुल्ला गरेको हो। 

सर्वसाधारणमा बिक्री गरिने लागि १२ लाख कित्तामध्ये ६० हजार कित्ता म्युचुअल फण्डहरुलाई छुट्याइएको छ । त्यस्तै ११ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले मेरो शेयर तथा सि आश्वा प्रणालीमार्फत चैत १४ गतेसम्म आवेदन दिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?