महिला टी-ट्वान्टी क्रिकेट लिग : विजेताले १० तथा उपविजेताले ५ लाख रुपैयाँ पाउने

काठमाडौं । एनसीएल महिला टी-ट्वान्टी क्रिकेट लिगको विजेताले १० लाख रुपैयाँ पाउने भएको छ । 

नेपालमा पहिलो पटक हुन लागेको महिला फ्रेन्चाईज क्रिकेट लिगको उपविजेताले भने ५६ लाख रुपैयाँ पाउने छ । आयोजक एनसीएल स्पोर्टसले सोमवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरिप्रतियोगिताको ‘प्लेयर अफ दि म्याच’ ले १० हजार तथा विधागततर्फ उत्कृष्ट हुने खेलाडीले पनि समान १० हजार रुपैयाँ नै प्राप्त गर्ने बताइएको छ । 

आगामी बैशाख पहिलो साताबाट शुरु हुन लागेको यो प्रतियोगितामा भैरहवा क्विन्स, विराटनगर रोअरिङ लायोनेस, काठमाडौं सुपर च्याम्पियन र  धनगढी वन्डर वुमन टिम सहभागि हुने छन् । 

यसैबीच चार टोलीको मार्की खेलाडी समेत घोषणा गरिएको छ । भैरहवाको मार्की खेलाडीमा कविता कुवँर, विराटनगरका करुणा भण्डारी, धनगढीका सिता राना मगर र काठमाडौंको मार्की खेलाडी नेरी थापा रहेकी छिन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?