निर्मला पन्त हत्या प्रकरणमा बर्खास्त भएका पूर्वएसपी विष्ट अदालतमा हाजिर

कञ्चनपुर । नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट अदालतमा हाजिर भएका छन् । 

निर्मला पन्त हत्या प्रकरणमा बर्खास्तमा भएका एसपी विष्ट मंगलबार बिहान जिल्ला अदालत कञ्चनपुरमा हाजिर भएका हुन् ।

यसअघि अदालतले विष्ट र डिएसपी अंगुर जीसीलाई अदालतमा हाजिर हुन सूचना जारी गरेको थियो । तर अदालतमा भने विष्ट मात्र  पुगेको जनाइएको छ । 

निर्मला पन्त हत्या प्रकरणका अन्य छ जना आरोपी भने धरौटीमा छुटेका छन् । न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टरद्वय एकेन्द्र खड्का र जगदीशप्रसाद भट्ट, सईद्वय हरिसिंह धामी र रामसिंह धामी तथा जवान चाँदनी साउदलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।

१३ वर्षीय बालिका  निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि हत्या गरिएको थियो भने उनको शव भोलीपल्ट उख्खु बारीमा भेटिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?