सीके राउत नेतृत्वको ‘जनमत पार्टी’ले होलीपछि दल दर्ता गर्ने

काठमाडौं । सीके राउत नेतृत्वको नयाँ पार्टी ‘जनतम पार्टी’ ले निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया शुरु गरेको जनाएको छ । 

सिरहाको लाहानमा दुई दिन चलेको राष्ट्रिय परिषद्को बैठकले सीके राउत नेतृत्वमा नयाँ पार्टी गठन गरेको हो । 

गत फागुन २४ गते सरकारसँग ११ बुँदे सहमति गरेर प्रदेश २ को राजधानी जनकपुर पुगेका थिए । 

होली सकिए लगत्तै आयोगमा निवेद दिने सो पार्टीका नेता जयकान्त राउतलले जानकारी दिए । 

साथै बैठकबाट पार्टीको नाम, झण्डा र निर्वाचन चिन्ह तय गरेको थियो । सो दलले अष्टदललाई आफ्नो चुनाव चिन्हको रुपमा प्रयोग गर्ने जनाएको छ ।

निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक विधान, घोषणा पत्र, पार्टीको छाप, राजनैतिक दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको केन्द्रीय स्तरको समितिका सदस्य तथा अन्य पदाधिकारीको विवरणसँगै अन्य प्रक्रियाको काम अघि बढेको समेत राउतले जानकारी दिए । 

होली अगावै आवश्यक गृहकार्य सक्ने र होलीपछि दल दर्ताका लागि आयोगलाई निवेदन दिने सो पार्टीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?