७ महिनामा १४ वटा हिमाल आरोहण गर्ने योजना

काठमाडौं । निर्मल पूर्जाले विश्वका ८ हजार मिटर उचाइभन्दा माथिका  १४ वटा हिमाल ७ महिनामा आरोहण गरेर विश्व कीर्तिमानी कायम गर्ने लक्ष्य राखेका छन् । आज(मंगलवार) आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत् उनले उक्त जानकारी दिएका हुन् ।

‘प्रोजेक्ट पोसिबल’ नामक ‘मिशन’ अन्तर्गत राष्ट्रको पर्यटन प्रवद्र्धनका निमित्त यो योजना बनाएको उनले बताए । उनको यस योजनालाई हामा आइरन एण्ड स्टील इ.प्रा.लि. र प्रिमियर इन्स्योरेन्स क.(नेपाल)ले प्रायोजन तथा सहयोग गरेको छ ।

चितवन घर भएका पूर्जा विगत १६ वर्षदेखि ब्रिटिश गोर्खा ब्रिगेडमा कार्यरत छन् । सन् २०१२ मा १३ जना ब्रिटिश गुर्खा टोलीको नेतृत्व गर्दै सगरमाथा आरोहण गरेका निर्मलले सगरमाथा, ल्होत्से, मकालु लगायत हिमाल आरोहण गरिसकेका छन् ।

यस अघि उनले सगरमाथादेखि ल्होत्से हिमाल १० घण्टा १५ मिनेटमा आरोहण गरेर र सगरमाथा, ल्होत्से र मकालु हिमाल ५ दिनमै आरोहण गरेर विश्व कीर्तिमानी कायम गरिसकेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?