पलिस्थालाई स्वर्ण पदक

काठमाडौं । पलिस्था कक्षपतिले १६ औँ विश्व मुवाँथाई च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छिन् । 
 
पलिस्थाले महिला क्याडेट ३० केजीमा भारतकी भुवनेश्वरीलाई पराजित गरी स्वर्ण पदक जितेको नेपाल राष्ट्रिय मुवाँथाई सघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।

थाइल्यान्डमा भइरहेको प्रतियोगिताको पुरुष ५७ केजीमा राहुल श्रेष्ठले कास्य पदक जिते । कास्य पदकको भिडन्तमा राहुलले ब्राजिलका खेलाडीलाई हराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?