बैशाख पहिलो सातामा आईएमइ टेनिस हुने

काठमाडौं । आईएमइ फाउन्डेसनको आयोजनामा दोश्रो आईएमइ जेटीआई ग्रान्ड जुनियर खुल्ला टेनिस प्रतियोगिता बैशाख पहिलो साता हुने भएको छ ।

प्रतियोगिता बैशाख २ गतेदेखि ७ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा हुने फाउन्डेसनका सदस्य राजु पौडेलले जानकारी दिए । प्रतियोगितामा विभिन्न ५ उमेरसमूहको सिंगल्स स्पर्धामा करिब १ सय ५० खेलाडीको सहभागिता रहनेछ ।

 यु–८, यु–९, यु–१०, यु–१२ र यु–१४ ब्वाइज÷गल्र्स सिंगल्स गरी १० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । नगद र गिफ्ट ह्याम्पर गरी ३ लाख २६ हजार पुरस्कार रहेको छ । त्यसमा नगद पुरस्कार २ लाख ७२ हजार रुपैयाँ रहेको छ ।

ब्वाइज÷गल्र्सको यु–८, यु–९ र यु–१० विजेताले १२ हजार र उपविजेताले ६ हजारका दरले नगद पुरस्कार हात पार्ने छन् । ब्वाइज÷गल्र्सको यु–१२ मा पहिलो हुनेले २० हजार तथा दोश्रोले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । ब्वाइज/गल्र्सतर्फ विजेतालाई ३६ हजार र उपविजेतालाई १८ हजार नगदबाट पुरस्कृत गरिने छ ।

सामाजिक उत्तरदायित्व वहन गर्नुका साथै टेनिस खेलको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सदस्य पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?