‘आइपीएल’ खेल्न सन्दीप भारत प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय टिमका खेलाडी सन्दीप लामिछाने  इण्डियन प्रिमियर लिग ‘आईपीएल’ खेल्न बुधवार भारत प्रस्थान गरेका छन् । 

यसै साताबाट शुरु हुने ‘आइपीएल’ क्रिकेट खेल्नका लागि लामिछाने बुधवार बिहान नयाँ दिल्ली गएका हुन् । यसअघि उनले ‘आइपीएल’ क्रिकेटको उपाधि दिल्लीलाई दिलाउने लक्ष्य रहेको बताएका थिए ।

उनले दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्ने छन् । यहि मार्च २३ तारिखबाट शुरु हुने ‘आइपीएल’ क्रिकेटमा सन्दीपको टिम दिल्लीले मुम्बई इन्डियन्सको सामना गर्ने खेल तालिका रहेको छ । यो खेल २४ तारिखमा हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?