टी-ट्वान्टी विश्वकप एशिया छनोट क्रिकेट : नेपालको पहिलो प्रतिद्धन्दी कतार

काठमाडौं । सन् २०२० मा हुने ‘आईसीसी’ टी-ट्वान्टी विश्वकप अन्तर्गत एशिया छनोटको पहिलो खेलमा नेपालले कतारसँग खेल्ने भएको छ । 

नेपाल र कतारबीचको खेल आगामी जुलाई २३ तारिखमा हुनेछ । त्यस्त दोस्रो खेलमा मलेसियासँग जुलाई २४ मा, २७ जुलाईमा कुवेत र २८ जुलाईमा सिंगापुरविरुद्ध खेल खेल्ने तालिका रहेको छ । छनोट खेल सिंगापुरमा हुनेछ ।

एशिया छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् ।

छनोटको शीर्ष दुई टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । ग्लोबल छनोट आगामी अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म संयुक्त अरब इमिरेट्स ‘युएई’मा आयोजना हुनेछ। छनोट आगामी जुलाई २२ देखि २८ सम्म आयोजना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?