साफ फुटबल : पहिलो सेमिफाइनलमा नेपालले श्रीलंकाको सामना गर्दै

काठमाडौं । महिला साफ फुटबल प्रतियोगिता अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा नेपालले श्रीलंकाको सामना गर्दैछ । 

विराटनगरस्थित शहिद रंगशालामा आज बिहान ११ बजे हुने खेलमा नेपाल जित निकाल्ने रणतीतिका साथ मैदानमा उत्रदैछ । साफ च्याम्पियनसिपको उपाधि दाबेदार मानिएको नेपाल स्पष्ट जित निकाल्दै फाइनलमा पुग्ने लक्ष्यका साथ खेल खेल्दैछ ।

घरेलु दर्शकको साथ माएको नेपाली खेलाडीहरु उच्च मनोबलका साथ मैदानमा उत्रने तयारी छन् । यसअघि मुख्य प्रशिक्षक हरि खड्काले खेलाडीहरु शारीरिक र मानसिक रुपमा फिट रहेको बताएका थिए । 

समूह चरणमा अपराजित नेपालले एक गोल पनि खाएको छैन । नेपालले समूह चरणको पहिलो खेलमा भुटानलाई ३-० गोल अन्तरले तथा दोस्रो खेलमा बंगलादेशलाई ३-० गोलले नै हराएको थियो । कुल ६ अंकका साथ नेपालल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

यता श्रीलंका भने समूह ‘बी’को उपविजेता बन्दै अन्तिम चारमा पुगेको थियो । 

त्यस्तै आजै हुने अर्को सेमिफाइनल खेलमा समूह ‘बी’को विजेता भारतले समूह ‘ए’को उपविजेता बंगलादेशसँग खेल खेल्दैछ । यी दुई टिमबीचको खेल दिउँसो तीन बजे पछि हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?