टी-ट्वान्टी क्रिकेट : दक्षिण अफ्रिकाद्वारा श्रीलंका पराजित

एजेन्सी । दक्षिण अफ्रिकाविरुद्धको टी-ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा श्रीलंका पराजित भएको छ । 

मंगलवार राति सम्पन्न भएको पहिलो खेलमा घरेलु टोली दक्षिण अफ्रिकाविरुद्ध श्रीलंका सुपर ओभरमा पराजित भएको हो । 

सुपर ओभरमा १५ रनको लक्ष्य पाएको श्रीलंकाको पारी मात्र पाँच रनमा समेटिएको थियो । यो जीतसँगै दक्षिण अफ्रिकाले तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिजमा १-० को अग्रता लिएको छ । 

श्रीलंकाले दिएको १ सय ३५ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १ सय ३४ रन मात्रै बनाएपछि स्कोर बराबरी भएको थियो ।

दक्षिण अफ्रिकाका डेभिड मिलरले ४१ रन जोडे ।  यता बलिङतर्फ लासिथ मालिंगाले दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा सात विकेटको गुमाउँदै १ सय ३४ रनको योगफल तयार पारेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?