संयुक्त राष्ट्र संघीयको उच्चस्तरीय सम्मेलनलाई परराष्ट्रमन्त्री ज्ञवालीले सम्बोधन गर्दै

काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले संयुक्त राष्ट्र संघीय दोस्रो उच्चस्तरीय सम्मेलनलाई सम्बोधन गर्ने भएका छन् । 

आज (बुधवार) अर्जेजिन्टनाको ब्युनसआर्यसमा सम्मेलनको पहिलो दिन नै मन्त्री ज्ञवालीले सम्बोधन गर्न लागेका हुन् ।

परारष्ट्र मन्त्रालयका प्रवक्ता मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले नेपाली समयअनुसार सम्बोधनको क्रम दिउँसो १ बजेबाट शुरु हुने र मन्त्री ज्ञवालीले ४९ औं वक्ताको रुपमा सम्बोधन गर्ने जानकारी दिए । 

मन्त्री ज्ञवालीले दक्षिण–दक्षिण सहयोगको आवश्यक्ता र त्यसमा नेपालको अपेक्षा केन्द्रमा राखेर सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ । 

उनले दक्षिण–दक्षिण सहयोग सम्बन्धी नेपालको राष्ट्रिय वक्तव्य तथा सन् २०३० का कार्यसूची कार्यान्वयन एवं दिगो विकासका चुनौतीका विषयलाई पनि मन्तव्यमा समावेश गर्नेछन् । 

साथै अतिकम विकसित तथा भू–परिवेष्ठित विकासोन्मुख राष्ट्रले भोलि आयोजना गर्ने छलफललाई मन्त्री ज्ञवालीले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?