नेपाल साफ महिला फुटबलको फाइनलमा प्रवेश

विराटनगर । नेपाल जारी पाँचौँ साफ महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

विराटनगरस्थित शहिद रगंशालामा बुधवार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले श्रीलङ्कालाई ४–० पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । नेपालको लागि पुनम जर्घामगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले गोल गरेका हुन् ।

नेपालकी जर्घामगरले खेलको ४२ औँ मिनेटमा पहिलो गोल गरिन भने ७३ औँ मिनेटमा बस्नेतले गोल गर्दै नेपालको अग्रता २–० अगाडि बढाइन् । 

यसैगरी खेलको ८२ औँ मिनेटमा भण्डारीले हेडिङमार्फत् तेस्रो गरेकी थिइन् भने ८६ औँ मिनेटमा पौडेलले गोल गर्दै नेपाललाई ४–० गोल अन्तरले विजयी बनाई फाइनलमा पु¥याएकी थिइन् । पौडेल ६४ औँ मिनेटमा कप्तान निरु थापाको बदलामा मैदानमा प्रवेश गरेकी हुन् । 

नेपालले शुरुवात देखि नै आक्रामक खेलेको थियो । आगामी शुक्रबार नेपालले दोस्रो सेमिफाइनल विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?