होलीमा उश्रृङ्खल गतिविधि गर्ने ५० जना पक्राउ

गकाठामाडौं । काठमाडौ प्रहरीले होलीका नाममा उश्रृंखल गतिविधिमा संलग्न ५० जनालाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीका अनुसार काठमाडौका विभिन्न स्थानबाट उच्छृङ्खल गतिविधिमा संलग्न एक महिलासहित ४६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेहरुले होली खेल्ने बहानामा जवरजस्ती रङ दल्ने र लोला हान्ने गरेको प्रहरीले जनाएको छ ।  प्रहरीले विगत बर्षको तुलनामा यस बर्ष काठमाडौमा शान्तिपुर्ण रुपमा होली पर्वमा सर्वसाधारण रमाइरहेको र अहिलेसम्म कुनै अप्रिय घटना नभएको जनाएको छ । यसैवीच काठमाडौको स्वयम्भुमा होली खेल्न हिँडेका एक युवकको मोटरसाइकल दुर्घटना  हुँदा मृत्यु भएको छ । 

मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकलाई प्रहरीले उपचारका लागि मनमोहन अस्पतालमा पुर्याएको थियो । उनको पचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?