शशांक कोइरालाले भने, ‘धर्म, संघीयता र गणतन्त्रबारे जनमत संग्रह गर्न तयार छु’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले धार्मिक स्वतन्त्रतासँगै संघीयता र गणतन्त्रबारे जनमत संग्रह गर्नु पर्ने बताएका छन् । 

बुधवार टोखास्थित आफ्नै निवासमा होलीको शुभकामना आदानप्रदान कार्यक्रममा कोइरालाले सो कुरा बताएका हुन् । 

उनले धर्म, संघीयता र गणतन्त्रबारे जनमत संग्रह गर्न आफ्नो पार्टी तयार रेहेको समेत बताए । साथै धर्मिक स्वतन्त्रता वा धर्मबारे जनमत संग्रह गर्ने विकल्प रहेको भन्दै जनमत गर्दा पार्टीले हस्तक्षेप गर्न नहुने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?