साफ महिला फुटबल : उपाधिका लागि नेपाल र भारत भिड्ने

विराटनगर । साफ महिला च्याम्पियनसीपको उपाधिका लागि नेपालले भारतको सामना गर्ने भएको छ । 

शहिद रंगशालामा बुधवार नै सम्पन्न भएको दोस्रो सेमिफाइनल खेलमा समूह ‘बी’को विजेता भारतले समूह ‘ए’को उपविजेता बंगलादेशलाई ४-० गोल अन्तरले पराजित गदै फाइनलको यात्रा तय गरेको हो ।

भारतको जितमा इन्दुमती काथिरिसानले दुई तथा डालिमा छिब्बर र मनिषाले समान एक-एक गोल गरेकी थिइन् । अब उपाधि लागि भारतले नेपालसँग प्रतिस्पर्धात गर्नेछ ।

नेपालले बुधवार नै भएको पहिलो सेमिफाइनलमा खेलमा श्रीलंकालाई ४-० गोल अन्तरले पराजित गदै अन्तिम दुईमा प्रवेश गरेको हो । फाइनल खेल यहि शुक्रवार हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?