नेकपा तल्लो तहको एकता प्रक्रिया अन्तिम चरणमा  : नेम्वाङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले तल्लो तहको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । 

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सो कुरा बताएका हुन् । 

तत्कालीन नेकपा एमाले र माओवादीबीच गन जेठ ३ गते पार्टी एकीकरण भएको थियो । पार्टी एकीकरण भएको १० महिनापछि तल्लो तहको एकता प्रक्रिया टुंगो लाग्न लागेको हो । 

जिल्ला तहमा गठन भएका कार्यदलले अधिकांश जिल्लामा एकता सकिसकेको र अब पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकाबाट स्वदेश फर्किपछि तल्लो तहको एकताको औपचारिक टुंगो लगाउने नेम्वाङले बताए । 

केन्द्रमा भएको सहमतिकै आधारमा नेकपाले जिल्ला तहको एकता प्रक्रिया पनि अघि बढाएको थियो । त्यस्तै अध्यक्ष प्रचण्ड स्वदेश फर्किएपछि वडा तहको एकता प्रक्रिया पनि अघि बढाइने नेता नेम्वाङले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?