शान्त वातावरणमा मनै लोभ्याउने रंगीन नदी

एजेन्सी । सुन्दा अनौँठो लाग्न सक्छ, कोलम्बियाको क्यानो क्रिस्टालेस नदीमा विभिन्न रङ्हरु देख्न सकिन्छ । 

कोलोम्बियन नेश्नल पार्क ला माकरेनामा अवस्थीत यो नदीलाई संसारकै सबैभन्दा सुन्दर नदी  पनि भनिन्छ ।  

यो नदी कतै पहेँलो देखिन्छ त कतै हरियो, निलो, कालो वा रातो भएको देख्न सकिन्छ । 

नदीमा रातो रङ्ग भने एउटा जलिय वनस्पतिका कारण भएको हो । 

यो नदीलाइ धेरैले ‘तरल इन्दे्रणी’ पनि भन्ने गरेका छन् । 

क्यानो क्रिस्टालेस नदी १ सय किलोमिटर लामो छ । 

यो कोलम्बियाको सबैभन्दा अनौँठो र रोमाञ्चक पर्यटक आकर्षण मध्य एक हो । यस नदीलाइ पाँच रंगको नदी पनि भनेर चिनिन्छ ।

नदीको पानी निकै नै कञ्चन छ, जाँहा हामीले पानी मुनीको सतह स्पष्ट देख्न सक्छौ । शान्त वातावरण, रंगीन नदी मनै लोभ्याउने ।यस दृश्यका कारण

आजभोलि क्यानो क्रिस्टालेस नदी हेर्न जाने पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?