ड्राइभर र सहचालकसहित मिलेर किशोरीको सामूहिक बलात्कार

काभ्रेपलाञ्चोक–काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–७ मा एक किशोरीको सामूहिक बलात्कार भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

यही चैत ३ गते साँझ मण्डनदेउपुर नपा–६ स्थित इन्द्रावती नदी किनारमा १४ वर्षीय एक किशोरीलाई सामूहिक बलात्कार गर्ने चारमध्ये तीनलाई प्रहरीले पक्राउ गरेको हो । बलात्कार आरोपित मण्डन देउपुर नपा–६ देउपुरका २४ वर्षीय पुष्कर राई र २१ वर्षीय प्रकाश दनुवार तथा सोही नपा–७ का २१ वर्षीय रामकुमार राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
अर्का एक किशोर भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

राससका अनुसार दनुवार र राई क्रसर उद्योगका टिपर चालक हुन् भने रामकुमार सहचालक हुन् । नदीमा बालुवा सङ्कलन गर्ने ती किशोरीलाई डाँडखोला नजीक खोलाबाट सो समूहले टिपरमा लिएर गएका थिए ।

पीडितका परिवारले यही चैत ४ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा किटानी जोहरी दर्ता गरेका थिए । जिल्ला प्रहरीको टोलीले जाहेरी दर्ता गरेकै दिन आरोपित तीन जनालाई क्रसर उद्योगबाटै पक्राउ गरेको थियो ।

प्रहरीले चैत ५ गतेनै आरोपितको म्याद थप गर्दै हिरासतमा राखी घटनाको अनुसन्धान गरिरहेको प्रनाउ गिरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?