किशोरीलाई बलात्कार र दुर्व्यवहार गरेको आरोपमा पर्यटक व्यवसायी र एनआईसी बैंकका प्रमुख पक्राउ

काठमाडौं । १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पर्यटक व्यवसायी र एनआईसी एसिया बैंक पर्स्याङ शाखाका प्रमुख पक्राउ परेका छन् । 

छिमेकीको घरमा घरेलु कामदारको रुपमा काम गर्दै आएकी किशोरीलाई बलात्कार गरेको आरोपमा पर्यटक व्यवसायी सुन्दरकुमार श्रेष्ठ पोखराबाट पक्राउ परेका हुन् । 

श्रेष्ठ पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष समेत हुन् । 

यसैगरी तिनै किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एनआईसी एसिया बैंक पर्स्याङ शाखाका प्रमुख सुवास सुवेदी समेत पक्राउ परेका छन् । 

पक्राउ परेका दुवै जनाविरुद्ध किशोरीले बयान दिएकी छिन् । बयानमा किशोरीले आफूमाथि श्रेष्ठले बलात्कार गरेको र सुवेदीले यौन दुर्व्यवहार गरेको बताएकी छिन् । 

किशोरीले आफूमाथि बलात्कार र दुर्व्यवहार गरेको बयान दिएपछि प्रहरीले शुक्रवार दुवै जनालाई पक्राउ रपरेको हो । 

कास्की प्रहरी प्रवक्ता डीएसपी रविन्द्रमान गुरुङका अनुसार पीडित पक्षबाट जाहेरी आएको छ । जाहेरी दर्ता गरेपछि मुद्दा अघि बढ्ने तयारीमा रहेको छ । 

श्रेष्ठलाई बलात्कार र सुवेदीलाई यौन दुर्व्यवहार गरेको आरोपमा छुट्टाछुट्टै मुद्दा चलाइने उनले बताए ।  

कक्षा ८ मा पढ्दै आएकी किशोरी गत बिहीवारदेखि हराएकी थिइन् । किशोरी हराएको सूचनाको आधारमा प्रहरीले खोजतलास गर्दै जाँदा शुक्रवार उनलाई साथीको घरबाट उद्धार गरीएको थियो । 
उद्धार गरीएकी किशोरीले प्रहरी सामु प्राम्भिक बयान दिएपछि घटना बाहिर आएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?