१२ औँ संस्करणको ‘आइपिएल’ क्रिकेट  शुरु, साविक विजेता चेन्नईद्वारा बैंगलोर स्तब्ध

एजेन्सी । यो सिजनको १२ औँ इन्डियन प्रिमियर लिग ‘आइपिएल’ क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

 जारी प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किङ्सले विजयी शुरुवात गरेको छ । एमए चिदामबरम क्रिकेट स्टेडियममा शनिवार भएको उद्घाटन खेलमा चेन्नईले रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजित गरेको हो ।

७१ रनको सामान्य लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको चेन्नईले १७ दशमलब ४ ओभरमा मात्र ३ विकेट गुमाउँदै निर्धारित लक्ष्य पुरा ग-र्यो । 

महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईका लागि अम्बाती रायडुले सर्वाधिक २८ रन जोडे । त्यस्तै केदार जादबले अविजित १३ रन, रबिन्द्र जडेजाले अविजित ६ रन, सुरेश रैनाले १९ रन जोडे । योसँगै सुरेश आईपीएलमा ५ हजार रन पुरा गर्ने पहिलो खेलाडी समेत बनेका छन् । 

बैंगलोरका लागि युजभेन्द्र चाहल, मोहमद सिराज र मोइन अलीले समान एक-एक विकेट लिएका थिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको बैंगलोरले १७ दशमलब १ ओभरमा मात्र ७० रन बनाएको थियो । बैंगलोरका लागि पृथ्वी पटेलले सर्वाधिक २९ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोडन सकेनन् ।

बैंगलोरका कप्तान विराट कोहली मात्र ६ रन बनाएर आउट भए । त्यस्तै मोइन अली र एबी डी भिलियर्सले समान ९-९ रन जोडेका थिए । बैंगलोरको पारी ध्वस्त पार्ने क्रममा चेन्नईका हरबजन सिंह र इमरान ताहिरले समान ३-३ तथा रबिन्द्र जडेजाले २ विकेट लिए ।

यो जितपछि चेन्नईले ३ अंक जोडेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?