निर्मला बलात्कारपछि हत्या प्रकरण  : एसपी विष्टलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

कञ्चनपुर । कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टलाई धरौटीमा रिहा गर्न जिल्ला आदतल कञ्चनपुरले आदेश दिएको छ । 

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा मुछिएका एसपी विष्टलाई साढे १० लाख धरौटीमा रिहा गर्न  अदालतले आदेश दिएको हो ।  

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको अनुसन्धानका क्रममा प्रमाणहरु नष्ट गरेको आरोपमा उनलाई एसपी पदबाट वर्खास्त गरीएको थियो । 

उनी यही चैत ५ गते जिल्ला अदालत उपस्थित भएका थिए । 

फागुन २२ गते जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा यातना र सार्वजनिक न्याय विरुद्धको कसुरको मुद्दा दायर गरिएको थियो । साथै फागुन २६ मा तत्कालीन एसपी विष्ट र डीएसपी अंगुर जिसीका नाममा उपस्थित हुन ३५ दिने म्याद जारी भएको थियो । अदालतले म्याद जारी गरेको १० औं दिनमा उनी आफैं उपस्थित भएका थिए ।

निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो । उनको बलात्कारपछि हत्या भएको आज चैत १० गते ९ महिना पूरा भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?