धितोपत्र बोर्डमा लगाइएको ताला सुरक्षाकर्मीले तोडे

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा लगाइएको तालाबन्दी सुरक्षाकर्मीले आज ‘आइतवार’ तोडेको छ । 

शेयर लगानीकर्ता दवाब समुहले धितोपत्र बोर्डमा तालाबन्दी गरेको थियो । तालाबन्दी भएपछि बोर्डले सुरक्षाकर्मी गुहारेको थियो । बोर्डले प्रहरी परिचालन गरेपछि लगानीकर्ता झन् आक्रोशित बनेका थिए । 
लगानीकर्ताहरूले बोर्ड मुख्य गेटमा ताला लगाएपछि भित्र ३ जना कर्मचारी समेत थुनिएका थिए । बाँकी सबै कर्मचारी करीब चार घण्टा बाहिर चौरमा घाम तापेर बसेका थिए । 
तालावन्दीको समयमा बोर्डका अध्यक्ष रेवत वहादुर कार्की कार्यालय उपस्थित थिएनन् । कार्यकारी निर्देशक परिष्ठनाथ पौडेलले लगानीकर्ताको गुनासो सुनेका थिए ।

पौडेलसँग लगानीकर्ताहरूले वार्ताको माग गरेका थिए । उनीहरूले अर्थ मन्त्रालय, अन्तिरिक राजश्व विभाग र बोर्डका प्रतिनिधि उपस्थित भएर वार्ताको वातावरण बनाउन माग गरेका हुन् । 

शेयर लगानीकर्ता दवाब समूहले पूँजी बजार सुधार र विस्तारका लागि आफुहरूले राखेको ३२ बुँदे मागको कुनै सुनुवाई नभएको भन्दै समूहले चैत १० गते आइतवार आन्दोलन गर्ने घोषणा गरेका थिए।

शेयर लगानीकर्ता दवाब समूहका अध्यक्ष हरि ढकालको नेतृत्वमा गएको टोलीले बोर्डको कार्यालय जावलाखेलमा तालाबन्दी गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?