मुस्लिम आयोगमा नियुक्त अन्सारीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर

काठमाडौं । मुस्लिम आयोगका नव नियुक्त समिम मियाँ अन्सारीविरुद्ध सर्वोच्च अदालता मुद्दा दायर भएको छ । 

कपिलवस्तुका अब्दुल सलामले उत्प्रेषण, परमादेशलगायतका आवश्यक र उपयुक्त आदेशको माग गर्दै आइतवार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । 

अन्सारीविरुद्ध संसदीय सुनुवाई विशेष समितिमा नागरिकता र शैक्षिक प्रमाणपत्रको विषयलाई लिएर उजुरी परेको थियो । 

अन्सारीको नियुक्तिबारेको विवादको टुंगो लगाउने अधिकार नेपालको संविधानको धारा १३३(२) बमोजिम सर्वोच्च अदालतलाई भएकाले धारा १३३(३) बमोजिम निजको सिफारिश र नियुक्तिको निर्णय बदर गराउन उत्प्रेषण परमादेशको माग गरिएको छ ।

समिन मियाँ अन्सरीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले यही चैत ७ गते सपथ गराएकी थिइन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?