चैत १० गतेका १८ ट्रेन्डिङ समाचार, दुनियाँमा दिनभर के भयो ? एक क्लिकमा थाहा पाउनुहोस्

WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ । आज मिति २०७५ साल चैत १०  गते देश दुनियाँमा के–के घटना भए  ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV  टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा LOKPATH TV  लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् । 

 

1. विप्लव समूहलाई संविधान कानूनअनुसार नै कारबाही हुन्छ, ब्याक गियर छैन – प्रधानमन्त्री ओली : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दिएको समयसीमा भित्र हतियार बुझाउन प्रतिबन्धित नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा समूहलाई आग्रह गरेका छन् । यदी सरकारले तोकेको समयमा हतियार नबुझाए कसरी हतियार नियन्त्रणमा लिनुपर्छ त्यो सरकारलाई राम्रोसँग जानकारी भएको बताए । 

 

2. एसईई परीक्षा  नायिकादेखि सांसदसम्म : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज  (आइतवार)देखि शुरु भएको छ । आज विहान ८ बजेदेखि सातै प्रदेशमा एसईई परीक्षा शुरु भएको हो । यस वर्षपनि केही फरक अनुहारहरुले एसईई परीक्षा दिएका छन् ।

 

3. मधेशमा तीन धारको राजनीति, राजपा र फोरमलाई फलामको चिउरा बन्दै राउतको पार्टी : गत फागुन २४ गते सरकारसँग ११ बुँदे राजनीतिक सहमति गरेका सीके राउतका आगामी राजनीतिक यात्रा कस्तो होला रु यो सबैको चासोको विषय बनेको छ । के विखण्डनकारी भूमिकामा देखिएका उनीसँग सरकारले गरेको सहमतिको नतिजा सोचेअनुरुप आउला ? 

 

4. फूलैफूलको मौसम तिमीलाई…..(फोटोफिचर) :  स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ आयोजना गरिएको  पुष्प मेलाको आज तेस्रो दिन पनि जारी छ ।फ्लोरिकल्चर एशोसिएशन नेपाल र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले  संयुक्त आयोजना गरिएको सो मेलाको आज अन्तिम दिन पनि मानिसहरुको उल्लेखनीय उपस्थीती  रहेको छ ।

 

5. विप्लव समूहले हतियार बिसाएपछि मात्र वार्ता हुन्छ  सञ्चारमन्त्री बास्कोटा :  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहसँग सरकारले वार्ता गर्ने बताएका छन् । सरकारका प्रवक्तासमेत रहेका प्रविधिमन्त्री बास्कोटाले प्रतिबन्धित विप्लव समूहले हतियार बिसाएपछि मात्र वार्ता गर्न सकिने बताए । 

 

6. आठौँ राष्ट्रिय खेलकुद  एनआरएन खेलाडीले २४ खेलको विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने :  आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा एनआरएन खेलाडीले सहभागिता जनाउने भएको छ । प्रदेश नम्बर पाँचमा आयोजना हुने यो प्रतियोगितामा एनआरएनका खेलाडीले २४  खेलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । 

 

7. धितोपत्र बोर्डमा लगाइएको ताला सुरक्षाकर्मीले तोडे :  नेपाल धितोपत्र बोर्डमा लगाइएको तालाबन्दी सुरक्षाकर्मीले आज ‘आइतवार’ तोडेको छ । शेयर लगानीकर्ता दवाब समुहले धितोपत्र बोर्डमा तालाबन्दी गरेको थियो । तालाबन्दी भएपछि बोर्डले सुरक्षाकर्मी गुहारेको थियो । बोर्डले प्रहरी परिचालन गरेपछि लगानीकर्ता झन् आक्रोशित बनेका थिए । 

 

 

8. निर्वाचन आयोग आजबाट नेतृत्वविहीन हुँदै, आयुक्त यादवको पदावधि सकिँदै :  निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवको पदावधि आज ९आइतवार०बाट सकिँदैछ । यो सँगै निर्वाचन आयोग आजबाट नेतृत्वविहीन हुँदैछ ।

 

9. एन्फाले सर्वोत्कृष्ट खेलाडीलाई २५ लाख रुपैयाँ दिने :  अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले वर्षको सर्वोत्कृष्ट खेलाडीलाई २५ लाख रुपैयाँ दिने भएको छ । एन्फाले नेपाली फुटबलमा पु¥याएको योगदानको उच्च मुल्याङ्कन गर्दै हरेक वर्ष एक जना खेलाडीलाई उक्त रकमबाट पुरस्कृत गर्दै आइरहेको थियो । 

 

10. निर्मला बलात्कारपछि हत्या प्रकरण  : एसपी विष्टलाई धरौटीमा रिहा गर्न अदालको आदेश :  कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टलाई धरौटीमा रिहा गर्न जिल्ला आदतल कञ्चनपुरले आदेश दिएको छ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा मुछिएका एसपी विष्टलाई साढे १० लाख धरौटीमा रिहा गर्न  अदालतले आदेश दिएको हो ।  

 

11. राजपाद्वारा संसद बैठक अवरुद्ध :  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आइतवारको संसद बैठक अवरुद्ध गरेको छ । बैठक १० मिनेटको लागि स्थगित गरिएको हो । बैठक शुरुमै राजपाका सांसदहरुले उठेर विरोध जनाएका थिए । 

 

 

12. विप्लव समूहलाई सहयोग गरे सरकारले कारबाही गर्ने, यसकारण प्रतिबन्धित नेकपामाथि कडा हुँदैछ सरकार :  सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहलाई आर्थिक तथा भौतिक सहयोग गर्नेलाई कारबाही गर्ने बताएको छ । आइतवार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रतिबन्धित विप्लव समूहलाई सहयोग गर्नेलाई कारबाही गर्ने स्पष्ट पारेको हो । 

 

13. कमिशन मागेको आरोपमा कालोमोसो :  डोटीको जिल्ला शिक्षा समन्वय विकास इकाईका प्रमुख जिल्ला शिक्षा समन्वय अधिकारी अनन्तकुमार पौड्याललाई कालोमोसो दलिएको छ । विद्यालय भवन निर्माणको बजेटमा कमिशन मागेको भन्दै नेपाल विद्यार्थी संघका नेताकार्यकर्ताको एक समुहले पौडेललाई कालोमोसो दलेको जनाएको छ । 

 

14. गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्छः उपप्रधानमन्त्री यादव –  उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्दै बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा आज एमआरआई सेवाको उद्घाटन गर्दै उनले विद्यमान सिमित आर्थिक स्रोत एवम् जनशक्तिलाई क्रमशः बढाउँदै लगिने बताए । 

 

15. राष्ट्रियसभा बैठकः तीन सांसदको प्रश्न – नियम बन्यो कार्यान्वयन कहिले ? : संघीय संसद राष्ट्रियसभा तेस्रो अधिवेशनको बैठक शुरु भएको छ ।बैठक आइतवार विहान ११ वजेबाट शुरु भएको हो । आजको बैठकमा सांसद डा। विमला राई पौडयाल, रामनारायण विडारी र कालीबहादुर मल्लबाट संयुक्त रुपमा दर्ता गराएका प्रस्तावको सरकारलाई ध्यानाकर्षण गराउँदै छन् । 

 

16. एएफसी यू २३ फुटबल छनोट स् नेपाल र कतार भिड्दै :  एएफसी यू- २३ फुटबल छनोट अन्तर्गत आज ‘आइतवार’ नेपालले आयोजक कतारको सामना गर्दैछ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरको हुने दोस्रो खेलमा नेपालले कतारसँग भिड्न लागेको हो । पहिलो खेलमा पराजित नेपाल कतारलाई रोक्ने लक्ष्यका साथ मैदानमा उत्रदैछ । 

17. दुई लाख ९८ हजार नगदसहित सात जुवाडे पक्राउ :  प्रहरीले बौद्ध फूलबारीबाट २ लाख ९८ हजार नगदसहित ७ जुवाडेलाई पक्राउ गरेको छ । शनिवार साँझ महानगरीय प्रहरी वृत्त बैद्धबाट खटेको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–६ बौद्ध फूलबारीस्थित छेदेन लामाको घर भाडामा बस्दै आएका तेन्जिङ शेर्पाले सञ्चालन गर्दै आएकोे भन्ने गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको हो । 

18. विप्लव समूहका नेता कार्यकर्ता भूमिगत : गाँउगाँउमा जागरण अभियान गर्दै आएका नेत्रविक्रम चन्द ९विप्लव० नेकपाका नेता तथा कार्यकर्ता भूमिगत भएका छन्। सरकारले विप्लवका गतिविधिमा प्रतिबन्ध र हतियारसहित नेता तथा कार्यकर्ता भेटिए सिधै गोली हान्न सुरक्षाकर्मीलाई निर्देशन दिएपछि विप्लवका नेता तथा कार्यकर्ता भूमिगत भएका हुन्।

LOKPATH TV  लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?